• आइतबार, साउन २४ २०८३

गोरखाका चार स्थानीय तहमा पहिरोको पूर्व सूचना दिने प्रणाली राखिँदै


आइतबार, माघ ४ २०७७
1.1K
Shares

गोरखा। गोरखाका चार वटा स्थानीय तहमा पहिरोको पूर्व सूचना दिने प्रबिधि राखिने भएको छ । जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकालाई सूचना प्रणाली जडानका लागि छनोट गरेको हो ।

प्रबिधि जडानका लागि नामावली छनोट गरि गृहमन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । मन्त्रालयको निर्देशनका आधारमा विपद् व्यवस्थापन समितिले पालिकाहरुको नाम छनौट गरी पठाइएको हो ।

समितिले पहिरोको उच्च जोखिम रहेको स्थानीय तहको नाम छनोट गरि ती क्षेत्रमा पहिरोको पूर्व सूचना दिने प्रबिधि जडान गर्न आबश्यकता देखिएकाले नाम छनोट गरी पठाएको हो ।

छनोट भएका पालिका भित्र कुन ठाउँमा प्रबिधि जडान गर्ने भन्ने बारेमा टुड्गो भने मन्त्रालयले नै लगाउने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार