• आइतबार, साउन २४ २०८३

बालकको उपचारका लागि झण्डै २ लाख ५० हजार संकलन


आइतबार, माघ ४ २०७७
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका ३ नारेश्वरका एक बालकको उपचार लागि रकम संकलन गरिएको छ । स्थानीय रामशरण उपरकोटीका ८ महिने छोराको पेटमा ठूलो मासुको डल्लो पलाएको छ ।

जन्मदैमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल गोरखा, भरतपुर र काठमाण्डौका विभिन्न अस्पतलामा पु¥याइएको थियो । लकडाउन भएपछि उपचारले निरन्तरता पाउन सकेन । आर्थिक रुपले विपन्न रहेका बुबा रामशरण आफैमा पनि अपाङ्गता व्यक्ति हुन ।

उनको छोराको जिवन बचाउनका लागि अहिलेसम्म २ लाख ४७ हजार ८०५ रुपैयाँ संकलन भएको छ । चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट पहिलो पटक ४० हजार र दोश्रो चरणमा ६७ हजार ९९५ गरी १ लाख ७ हजार ९९५ रुपैयाँ सहयोग जुटेको छ । अमेरीका रहेका बाबुराम कंडेलले ६० हजार, तातोतातो खबरले २६ हजार, अपाङ्ग सरोकारकेन्द्र माछापोखरी काठमाण्डौंले ९ हजार २५०, हाम्रो सहारा फाउण्डेसनले १० हजार र नारेश्वरका सुदिप बिकले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी अमेरिकाबाट धनबहादुर राईले ५ हजार ७५५, टुकि नेपाल काठमाण्डौंले ५ हजार, नवराज अधिकारीले ३ हजार, यातायात व्यवसायीले २ हजार २००, अन द स्पोर्स मिडियाले १ हजार, दिपक श्रेष्ठले १ हजार, दिदि बहिनी युयट्व च्यानल काठमाण्डौले एक हजार ५००, रञ्जित श्रेष्ठले १ हजार र नारेश्वरीकी गोमा तिवारीले ५०० रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी जिल्ला सदरमुकाममा रहेको घिमिरे सुनचाँदी पसलले १ हजार, लक्ष्मी घलेले १ हजार र गौतम सुनचाँदी पसलले १ हजार ५० रुपैयाँ गरेको गरेको रकम संकलन अभियानमा सक्रिय पार्वती गोरर्खालीले जानकारी दिइन । दिनप्रतिदिन मासु बढ्ने क्रम जारी रहेका तर उपचार पर्याप्त पैसा नभएको बाबुरामको गुनासो छ ।

उनले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेका छन् । देश विदेशमा रहेका साथीभाई आफन्तले समेत सहयोगको प्रतिवद्धता जनाए पनि पैसा भने प्राप्त नभइसकेको परिवार स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार