• आइतबार, साउन २४ २०८३

तनहुँमा गुडिरहेको ट्रकमा आगलागी


आइतबार, माघ ४ २०७७
490
Shares


तनहुँ । तनहुँमा शनिबार गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको हो ।

पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए।

आगलागीका कारण ट्रक पूर्ण रुपमा क्षती भए पनि मानवीय क्षती नभएको प्रवक्ता तिमिल्सनाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार