• बुधबार, साउन २० २०८३

गोरखाका २० युवाहरुलाई ४५ दिने मोवाईल मर्मत तालिम


शुक्रबार, माघ २ २०७७
605
Shares

गोरखा । आज (शुक्रबार) देखि गोरखाको शहिद लखन गाउँपालिकाका युवाहरुलाई मोवाइल मर्मत तालिम दिने भएको छ । पालिकाको वडा नम्बर ६, ७ र ८ का गरी जम्मा २० जना युवाहरुलाई घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा ४५ दिने मोवाइल मर्मत तालिम सञ्चालन गरिएको हो ।

दक्ष प्रबिधिकहरुबाट दिइने तालिमबाट युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको कार्यालय जनाएको छ । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापामगरको अध्यक्ष्तामा तालिमको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अम्गाई, पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार