• बुधबार, साउन २० २०८३

रोटरीको कार्यक्रममा २४ जनाको रक्त्तदान


शुक्रबार, माघ २ २०७७
605
Shares

गोरखा । आज २३ औ भूकम्प सुरक्षा दिवसको अवसरमा गोरखामा खुल्ला रक्त्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रोटरी क्लब अफ गोरखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको समन्वयमा रक्त्तदान कार्यक्रम गरिएको हो ।

क्लब अफ गोरखाका अध्यक्ष काशिनाथ अंगाईको अध्यक्ष्तामा कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रमका संयोजक अन्जन बाबु खत्रीले सिबिलखबरलाई जानकारी दिए । उक्त कार्यक्रममा एक महिलासहित २४ जना सहभागी भई रक्त्तदान गरेको खत्रीले बताए ।

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दिपेन्द्र राज ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार