• शनिबार, साउन ९ २०८३

चिसाे बढ्याे, हिमाली भेगमा हिमपात हुने सम्भावना


बिहिबार, मंसिर २६ २०७६
1.9K
Shares

नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ ।

बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार