• आइतबार, असोज १८ २०८३

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने बोर्डको तयारी


शुक्रबार, माघ २ २०७७
875
Shares


काठमाडौं । कक्षा १२ को नतिजा आगामी १० दिनभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डकाको तयारी छ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका हुन्। बोर्डले यसअघि पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो। तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन।

अहिलेसम्म उत्तर पुस्तिकाको विवरण ‘इन्ट्री गर्ने कार्य सकिएको पौडेलले जानकारी दिए।उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ। विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाउँदा समस्या भएको पौडेलको भनाइ छ ।

केन्द्राध्यक्षहरुलाई तालिम दिँदा विवरण पठाउने तरिक सिकाइएको भए पनि उनीहरुमा सामान्य ‘कमनसेन्स’ पनि नदेखिएको पौडेलले बताए।

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गर्ने बोर्डको तयारी छ। यस वर्ष करिब चार लाख ३१ हजार विद्यार्थी कक्षा १२ को परीक्षमा सहभागी भएका छन्। कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएको थियो।

यसैबीच कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने तयारी पनि बोर्डले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार