• बिहिबार, साउन २१ २०८३

मौसम पूर्वअनुमान : केही दिन देशभर घाम नलाग्ने सम्भावना


शुक्रबार, माघ २ २०७७
1.2K
Shares

काठमाडौं । नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा दक्षिण—पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीबिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा बाक्लो हुस्सु—कुहिरो लागेको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ ३ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

माघ ४ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श

देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार