• बुधबार, साउन २० २०८३

गोरखामा पहिलाे पटक फुटसल प्रतियाेगिता, १८ टिम सहभागी


बिहिबार, माघ १ २०७७
660
Shares

गोरखा । गोरखामा पहिलाे पटक फुटसल प्रतियाेगिता सुरु भएकाे छ । सतिपिपल फुटसल क्लबकाे आयाेजनामा प्रथम गोरखा नगरपालिका वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु भएको हाे । द ओसन क्लबकाे दलभञ्ज्याङ्ग स्थित कृतिम घाँसे मैदानमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।

सतिपिपल फुटबल क्लवका अध्यक्ष पुस्कर गुरुङको अध्यक्षतामा भएको फुटसल उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनरा पन्तकाे प्रमुख अतिथ्यता रहेकाे थियाे ।

गोरखा नगरपालिका भित्र १४ वटा वडाबाट १८ टिम सहभागी भएको र खेल ३ गते सम्म चल्ने क्लवका अध्यक्ष गुरुङले बताए । बिहिवार भएको पहिलो खेलमा सतिपिपल क्लव वडा नम्बर ७ बिजयी बनेकाे छ ।

वडा नम्बर ११ को टिमलाई ५–२ गोल अन्तरले हराउँदै सतिपिपल बिजयी बनेको हो । दोस्रो खेलमा गोनपा ९ लक्ष्मीबजारले गोनपा ७ नयाँ बजारलाई ४–० गोलअन्तरले पराजित ग¥यो ।

लिग प्रणालीमा खेलाईएको तेस्रो खेलमा गोनपा ६ हरमटारीले ३–१ गोलअन्तरले गोनपा ६ तिनधारेलाई पराजित ग¥यो । बाँकी खेल शुक्रवार र शनिवार हुनेछ ।

खेलमा बिजेतालाई नगद ५० हजार, मेडल, ट्रफि उपबिजेतालाई नगद २५ हजार, मेडल ट्रफि प्रदान गरिने क्लवका अध्यक्ष पुस्कर गुरुङले बताए ।

उत्कृष्ट खेल खेल्नेहरुलाई पनि पुरस्कार दिईने क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार