गोरखा । अमेरिकामा बस्दै आएका रामलक्ष्मी गुरुङले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग उपलब्ध गराएकी छिन् ।
सिरानचोक गाउँपालिका १ घर भई हाल अमेरिकामा चिकित्सक पेशामा संलग्न गुरुङले गोरखामा रहेका आफन्त गोबिन्द गुरुङ मार्फत ६० हजार रुपैयाँ बरावरको खाद्यान्न सहयोग प्राप्त भएको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।
सहयोग उपलब्ध गराईएको खाद्यान्नमा १० बोरा चामल तथा आलु, चिउरा र नुन १/१ बोरा रहेको आश्रमले जनाएको छ । साथै खाने तेल २ प्याक, चिनी, साबुन, श्रफ, चाउचाउ, बिस्कुट, दालमोठ र स्याम्पु समेत रहेको छ । सहयोग सामाग्रीमा तरकारी समेत रहेको छ ।
४१ जना बालवालिका सहित ४७ जना बस्दै आएका गोरखा स्थित मानव सेवा आश्रममा खाद्यान्न अभाव भएका बेला गुरुङले पठाएको सहयोगले ठुलो राहत मिलेकोआश्रमकी मुना लामाले बताईन । खाद्यान्न सँगै चिसोबाट बच्न न्यानो पछ्यौरा पनि सहयोग गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के, रिता गुरुङ र बलबहादुर गुरुङको समेत उपस्थिती रहेको आश्रमले जानकारी दिएको छ ।