गोरखा । गोरखा नगरपालिका–४ पिपलथोकमा अवस्थित भीमसेन पार्क प्रवेश गर्न आजदेखि शुल्क लाग्ने भएको छ । वडा कार्यालयको पहलमा पार्कको संरक्षण तथा सरसफाईका लागि भीमसेन थापा स्मारक पार्क संरक्षण समिति गठन गरि समिति मार्फत प्रवेश शुल्क उठाउन थालिएको हो ।
पार्क प्रवेश गर्नका लागि विद्यार्थीको लागी प्रतिव्यक्ति ५ रुपैँया र अरु सबैका लागी १० रुपैँया तोकिएको साथै उक्त रकम सोहि ठाउँको मर्मत तथा विकासका लागी खर्च गरिने संरक्षण समितिका अध्यक्ष राजु थापाले जानकारी दिए । समितिले माघ १ गतेदेखि मान्छे राखेर प्रवेशमा शुल्क उठाउन थालेको समितिका अध्यक्ष थापाले बताए ।
त्यस्तै समितिले पार्क खुल्ने समय समेत तोकीएको छ । यस अघि २४ सै घण्टा खुल्ने पार्क अब विहान ८ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मात्र खोल्ने भनिएको छ ।