काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५ सय ४६ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४ सय २६ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ जना रहेको छ ।