• बुधबार, साउन २० २०८३

मुद्दा मिलाइदिने भन्दै ९० हजार मागेको आरोपमा एक पक्राउ


बिहिबार, माघ १ २०७७
575
Shares

काठमाडौं । मुद्दा मिलाइदिने प्रलोभन देखाएर ९० हजार रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका—१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिवहादुर घलान रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई काठमाडौंको स्वयम्भुबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

उनका अनुसार महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाइ दिने प्रलोभन देखाएर पीडितपक्षसँग ९० हजार माग गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार