• आइतबार, असोज १८ २०८३

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने चीन पुग्यो डब्लूएचओको टोली


बिहिबार, माघ १ २०७७
725
Shares

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’को उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली बिहीबार चीन पुगेको छ।

१० वैज्ञानिकको डब्लूएचओको टोली बिहीबार चीन अवतरण गरेको बीबीसीले जनाएको छ।

सुरुवातमा चीनले डब्लूएचओको टोलीलाई आफ्नो भूमिमा कोरोना अध्ययनका लागि बन्देज लगाएको थियो।

तर पछि गएर चीनले डब्लूएचओको टोलीले आफ्नो भूमिमा कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न सक्ने बताएको थियो।

डब्लूएचओको टोलीको अनुसन्धानमा चिनियाँ वैज्ञानिकहरुले सहयोग गर्नेछन्। वैज्ञानिकहरुले विभिन्न अस्पताल, अनुसन्धान संस्थासँग अन्तर्वार्ता गर्नेछन्।

यो टोलीले वुहानको माछा बजारबाट कोरोना कसरी फैलियो भनेर अनुसन्धान गर्नेछ।

अनुसन्धान अगाडि यी टोलीका सबै सदस्यलाई दुईहप्ता क्वारेन्टिनमा राखिने बताइएको छ।

चीनले कोरोना भाइरसलाई प्रयोगशालामा बनाएको भन्ने आरोप लाग्ने गरेको छ। साथै चीनमाथि कोरोनाको खतरा लुकाएको आरोप पनि लागेको छ।

डब्लूएचओको स्वतन्त्र अध्ययनबाट धेरै तथ्य र रहस्य फेला पर्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार