• बुधबार, साउन २० २०८३

‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा आस्थाको ठाउँमा तिर्सना


बिहिबार, माघ १ २०७७
620
Shares


काठमाडौं । नेपालको चर्चित सिंगिङ रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच (जज) को रुपमा गायिका आस्था राउत नरहने भएकी छन् ।

राउतले यो वर्ष नभ्याएपछि उनको स्थानमा गायिका तिर्सना गुरुङलाई अनुवन्धित गरिएको छ ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै शो छाडेको जानकारी दिए ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ ।

शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।

भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार