http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले बिहीबार चाँदीको मूल्य पनि घटेको जनाएको छ ।
बुधबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।