गोरखा । छैटौ राष्ट्रिय योग दिवशमा गोरखामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले योगबाट हुने फाइदाका बारे चर्चा गरेका थिए ।
‘गरौ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पछिल्लो समय नेपालमा आफ्नो धार्मिक विधी, योग र आयुर्वेदलाई बिर्सेर पश्चिमी संस्कृतीप्रति आकर्षण बढेको बताए । उनले चिकित्सा विज्ञानले समेत आयुर्वेद र दर्शन शास्त्रलाई स्विकारेको भन्दै यसको जगेर्ना र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रजिअ भट्टराईले योग र प्रणाम जिवन सफलताको माध्यम भएको बताएका छन् ।
कार्यक्रममा योग गुरु डा प्रशान्त पण्डितले सहभागीहरुलाई केहिबेर योगको तरिका र फाइदाका बारे प्रशिक्षण गराएका थिए । कार्यक्रममा पतञ्जली योग समितिका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, ओम शान्ति समाज गोरखाकी ब्रम्हकुमारी पवित्रा लगायतले योग सम्बन्धि प्रशिक्षण मुलक मन्तब्य राखृका थिए ।
अघिल्लो बर्षहरुमा दिवशका अवसरमा तिन दिने योग शिविर हुने गरेपनि यस बर्ष कोभिड १९ को जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना नगरिएको आयोजक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख जिवनकुमार श्रेष्ठले बताए ।