• बुधबार, साउन २० २०८३

रुखले च्यापेर गोरखामा एक व्यक्तिको मृत्यु


बिहिबार, माघ १ २०७७
690
Shares

आफैले काटेको रुखले च्यापेर गोरखामा एक व्यक्तिको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङमा रुख काट्ने क्रममा १८ वर्षीय उमेश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानीय नरबहादुर सार्कीको बारीमा रहेको सालको रुख काट्ने क्रममा पाँचथर घर भएका राई च्यापिएका थिए । रुखले च्यापिएपछि उनको घटना स्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन् । बिगत एक साता देखि उनी सो क्षेत्रमा रुख काट्ने काममा गर्दै आएको उनीहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार