गोरखाका एक युवक कास्कीमा मृत अबस्थामा भेटिएका छन् । शहिद लखन गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरामा बस्दै आएका ३२ वर्षीय सुरेश कोइराला आफ्नै कोठामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा लेखनाथ महागरपालिका –१९ लामाचौर स्थित कृष्ण मजाकोटीको फर्निचर उद्योगमा काम गर्दै आएका उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । फर्निचर उद्योगकै कोठामा भित्रबाट चुक्कुल लगाई सुतेको उनी बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पछि ढोका खोलेर हेर्दा उनी घोप्टो परेर सुतिरहेको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।