Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौं । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई मंगलबार नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिने/दिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।