• बुधबार, साउन २० २०८३

कालीप्रसादले ल्याए ‘मिस्सिएर दुईटा खोला’(भिडियोसहित)


बुधबार, पुष २९ २०७७
810
Shares


काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुईटा खोला’ बोलको गीत सार्वजनिक भएको छ । गीत भिडियोसहित रिलिज भएको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका रीता केसी र राज सागरको स्वर रहेको छ । गीतमा एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

गीतको भिडियो अमर ओलीले निर्देशन गरेका हुन् । ठुलो पर्दाको फिल्म निर्देशन गर्दै आएको निर्देशक ओलीले भिडियोमा प्रेमकथा बुनिएको बताए ।

रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन भिडियोमा देख्न सकिन्छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार