http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।