• बुधबार, साउन २० २०८३

पृथ्वीजयन्तीका अवसरमा गोरखा नगरपालिकाले ग¥यो खेलाडीलाई सम्मान


मंगलबार, पुष २८ २०७७
875
Shares

गोरखा । पृथ्वी नारायण शाहको जन्मस्थल गोरखामा तिन दिनसम्म बिभिन्न कार्यक्रम गरी २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । बर्तमान नेपालका निर्माता राष्ट्रिय विभूती तत्कालिन राजा पृथ्वीनारायण शाहको सम्झना गर्दै एकता दिवश मनाइएको हो ।

पछिल्लो समय पृथ्वीनारायण शाह र उनका सहयोगीहरुको योगदानलाई बिर्सने काम भएको भन्दै इतिहासको रक्षा र प्रचार प्रसारका लागि भन्दै गोरखा नगरपालिकाले ३ दिनसम्म बिभिन्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको अन्तिम दिन आज मंगलबार गोरखा नगरपालिकाले बिभिन्न खेलका अन्तराष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

गोरखा नगरक्षेत्रमा घर भई अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी तथा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।

जसमा एथलेटिक्सका टिका बोगटी, उत्तम केसी, ज्ञान बहादुर बोहोरा, सोम बहादुर कुमाल, दल बहादुर थापा रहेका छन् । यसैगरी भारत्तोलनका अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका राम कुमार श्रेष्ठ, जुडोका खेलाडी होम बहादुर थापा, ऋषिराम प्रधान र सुटिङका खेलाडी सरस्वती बाँनियालाई नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विना कुमारी श्रेष्ठले दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरेका हुन ।

यसैगरी मंगलबार नै भएको कार्यक्रमका बिच अघिल्लो बर्ष गण्डकी प्रदेश स्तरीय मेयर कप फुटबलमा प्रथम स्थान हासिल गर्ने गोरखा नगरपालिकाका खेलाडीहरुलाई समेत जनही नगद १०/ १० हजार सहित सम्मान गरिएको छ ।

पृथ्वीजयन्तीको समापन कार्यक्रममा नगरपालिकाले गोरखा जेसिजको सहकार्यमा नगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको छ । जसमा गोरखा नगरपालिका ९ लक्ष्मी बजारका सरोज बाबु घिमिरे प्रथम भएका छन् भने द्रब्यशाह बहुमुखी क्याम्पसका विपना गान्धारी द्धितिय, महेन्द्र मावि कुन्दुरटारका सन्दिप परियार तृतिय र शक्ति मावि पाटेचौरका जेनिशा अंगाई सान्त्वना भएका छन् । उनिहरुलाई क्रमश ५, ३, २ र १ हजार नगद पुरस्कार प्रदान गरिएको बताइएको छ ।

यसैगरी कार्यक्रमकै बिच दिवशका अवसरमा गोरखा युथ क्लबको संयोजनमा आयोजना गरिएको खुला दौड प्रतियोगितामा प्रथम नेपाली सेनाका रामजी बस्नेतलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाकै सुनिल थापा १० हजार, तेस्रो भएका पूर्णबहादुर गुरुङलाई ५ हजार, चौथो र पाँचौ भएका सुरज योगी चौथो र सुमन थापा मगरलाई नगद २/२ हजार पुरस्कार प्रदान गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार