• बुधबार, साउन २० २०८३

तनहुँबाट लागूऔषध कारोबारी पक्राउ


मंगलबार, पुष २८ २०७७
550
Shares

Modern metal handcuffs. Vector illustration in flat style


पोखरा । तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका—२ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङ रहेको छ ।

चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन थान २० गरि जम्मा ६० थान लागूऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार