• मंगलबार, साउन १२ २०८३

मंगलबार थप ४३० मा कोरोना पुष्टि, ५ को मृत्यु


मंगलबार, पुष २८ २०७७
680
Shares


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६ सय ९८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ९० जना कोरोनामुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८ सय ५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार