काठमाडौं । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीत ‘आउ है कान्छी’ सार्वजनिक भएको छ ।
आकर्षक भिडियो सहित सार्वजनिक गीतमा प्रविन वेडवाल र रचना रिमालको आवज रहेको छ ।
उदास लामाको शब्द रहेको गीतको भिडियोमा मदन रोकाया र सरस्वती खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र रोमान्स समेटिएको छ ।
भिडियोका निर्देशन दुर्गा श्रेष्ठले गरेका हुन् । जसमा बाबु श्रेष्ठको छायाँकन, सुरेश पान्डेको कोरियोग्राफी, शौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।