मुस्ताङ । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको भिरबाट लडेर सोमवार दिउँसो मृत्यु भएको हो ।
आफ्नै भेडी गोठमा जाने क्रममा आइतवार सोही ठाउँस्थित यासिर लेकको भिरबाट करिब ५ सय मिटर तल लडेर घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।