काठमाडौँ । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् ।
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले बताए ।
प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएको आरोपमा प्रहरीले उनलाई क्याम्पसबाटै सोमबार पक्राउ गरेको हो ।
एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।