• आइतबार, असोज १८ २०८३

फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुँदै


मंगलबार, पुष २८ २०७७
840
Shares


काठमाडौं । नेपाली फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने भएको छ। यो फिल्म नेपालीका अलवा हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुने भएको हो।

फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक मुकुन्द भट्टले फिल्म चार भाषामा आउने बताएका हुन्। उनले मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने जानकारी दिए। उनले नेपालका अलवा भारतमा पनि फिल्म प्रदर्शन गरिने र त्यसको तयारी भइरहेको जानकारी दिए।

आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार