• बुधबार, साउन २० २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


मंगलबार, पुष २८ २०७७
525
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य कारोबारको तेस्रो दिन मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा रु. ६०० सयले बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार