• आइतबार, असोज १८ २०८३

२९९ औं पृथ्वीजयन्तीमा २९९ वटै दीप प्रज्वलन


मंगलबार, पुष २८ २०७७
710
Shares

गोरखा । पृथ्वीजयन्तीको अबसरमा गोरखामा दीप प्रज्वलन गरिएको छ । बर्तमान नेपालका निर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अबसरमा सोमबार साँझ २९९ वटै दीप प्रज्वलन गरिएको हो ।

गोरखा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ गोरखाको व्यवस्थापन गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको स्मारकमा दीप प्रज्वलन गरिएको पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले बताए ।

देशमा शान्ती, स्थायित्व र एकताको कामना गर्दै २९९ वटा बत्ति बालिकाएको उनको भनाई छ । उक्त कार्यक्रममा गोरखा नगरपाकिलाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, प्रमुख सेनानी उज्ज्वल केशी, प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, उप–अनुसन्धान निर्देशक टेकराज तिमिल्सिना, विभिन्न कार्यालयका प्रमुखहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार