• आइतबार, असोज १८ २०८३

पृथ्वीजयन्तीमा खुल्ला दौड, उपाधी सेनाका बस्नेतलाई


मंगलबार, पुष २८ २०७७
780
Shares

गोरखा । पृथ्वीजयन्तीको अबसरमा भएको खुल्ला दौडको उपाधी नेपाली सेनाका रामजी बस्नेतले जितेका छन् । सोमबार बिहान पस्लाङ चौतारो देखि ठूलो आँगनसम्मको दुरी २३ दशमलव २५ मिनेटमा पुरा गर्दै उनी पहिलो भएका हुन् ।

बस्नेतले नगद १५ हजार पुरस्कार जितेका छन् । निर्धारित दुरी २५ मिनेट २५ सेकेण्डमा पुरा गर्दैै नेपाली सेनाकै सुनिल थापाले दोस्रो स्थान हालिस गरेका छन् । प्रतियोगितामा पूर्णबहादुर गुरुङ तेस्रो, सुरज योगी चौथो र सुमन थापा मगर पाचौं भएको उक्त प्रयोगिता संयोजन गरेको गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङ्गले जानकारी दिए ।

उनीहरुले क्रमश २५ मिनेट ४५ सेकेण्ट, २५ मिनेट ५५ सेकेण्ड र २६ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । दोश्रो हुनेलाई १०, तेश्रो हुनेलाई ५ हजार, चौथो र पाँचौ हुनेलाई २/२ हजार पुरस्कार प्रदान गरिएको आयोजक गोरखा नगरपालिकाले जनाएको छ । उक्त दौडमा सहभागी गोरखा नगरपालिका ८ सिमलगैरीकी पबित्रा बयलकोटीले र सिर्जना पौडेलले पनि सान्तोना स्वरुप २/२ हजार पुरस्कार दिने निर्णय भएको गोरखा युथ क्लवका अध्यक्ष गुरुङले बताए । पबित्राले ३२ मिनेट ८ सेकेण्ड र नेपाली सेनाकी सिर्जनाले ३२ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

तत्कालिन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङ्ग चौताराबाट सुरु भएको दौड प्रतियोगिता सतिपिपल हुदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपीचोक हुदै पदेलीबाट ठुलो आँगनमा आएर सकिएको थिए ।

बिजेताहरुलाई आज समापन कार्यक्रमको अबसरमा पुरस्कार वितरण गर्ने गोरखा नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार