• शनिबार, साउन ९ २०८३

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो


मंगलबार, मंसिर २४ २०७६
1.7K
Shares

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।

गोरखा नगरपालिकाले समेत अभियानका क्रममा बिबिध कार्यक्रमको आयोजना गरेको जनाएको छ । वडा नम्बर ७ बाट सुरु गरी १४ वटै वडामा नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम चलाएको थियो । अभियानका क्रममा अन्तरकृया, सचेतनाका कार्यक्रम, अपांग परिचयपत्र वितरण, मानव सेवा आश्रमलाई ८ लाख सहयोग, गोष्ठी लगायतका कार्यक्रम संचालन भएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए ।

त्यस्तै मंगलबार वडा नम्बर ५ मा महिला हिंशा सम्बन्धी छलफल कार्यक्रम गरी अभियानको समापन गरिएको छ । उपप्रमुख विना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार थापा मगर, सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रमको ब्यवस्थापन सुआहारा जिल्ला कार्यालय गोरखाले गरेको फिल्ड सुपरभाइजर अनिता श्रेष्ठले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार