• मंगलबार, साउन १२ २०८३

सोमबार थप ४८८ मा कोरोना पुष्टि, १० को मृत्यु


सोमबार, पुष २७ २०७७
630
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५ सय २७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै कुल मृतककको संख्या १ हजार ९ सय २७ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित ४ हजार ३ सय ७३ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार