• बुधबार, साउन २० २०८३

कोरोना संक्रमणबाट थप दुईको मृत्यु


सोमबार, पुष २७ २०७७
595
Shares

काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबार दिउँसो १२ः१० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि १९ पुसमा भेरी अस्पतालको आईसीयू कक्षमा उनी भर्ना भएका थिए । पुस २१ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो ।

सुर्खेतका ५५ वर्षीय पुरुषको सोमबार बिहान सात बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार