• आइतबार, कार्तिक २३ २०८३

लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित


सोमबार, पुष २७ २०७७
670
Shares

काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।


सोमबार एक सूचना जारी गर्दै कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएको छ ।

ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार