• बुधबार, साउन २० २०८३

जंगीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ को उद्घाटन


सोमबार, पुष २७ २०७७
1.2K
Shares


काठमाडौं । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस—२०७७’ का अवसरमा नेपाली सेनाले पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरेको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीमा विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार केन्द्रको उद्घाटन गरेका हुन्।

उक्त अध्ययन केन्द्रमा पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक सामग्र अध्ययनका लागि राखिएको छ।

सो अवसरमा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको सालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए।

यस्तै २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गत मंगलबारदेखि सुरु भएको नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा जंगीअड्डा आइपुगेको छ।

सेनाको पहिलोपटक गठन भएका पाँच युनिटका झण्डा, राष्ट्रिय झण्डा र टर्च लिएर पदयात्रा गोरखा दरबारबाट सुरु भएको थियो। उक्त पदयात्रामा पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित ४० सैनिक यात्रामा सहभागी थिए।

राज्य एकीकरणका क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न सेनाले पदयात्रा गरेको हो।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रिय कविता प्रतियोगिता पनि आयोजना गरेको थियो । उत्कृष्ट १० कविहरुलाई सोमबार जंगीअड्डामा प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार