• शुक्रबार, साउन ८ २०८३

पत्रकार पाैडेललाई अन्तर्राष्ट्रिय अवार्ड


मंगलबार, मंसिर २४ २०७६
1.3K
Shares

गोरखा । पत्रकार पवन पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मनित भएका छन् । तनहुँमा रहेर पत्रकारितामा सकृय पौडेलले नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन् ।

दमौली खबर दैनिकका सम्पादक एवं दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज समेत रहेका पौडेलेले सम्मेलनमा दिएको विचार र मिडिया सामग्रीका आधारमा उनलाई उत्कृष्ट अवार्ड दिइएको हो ।

विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो । सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार