काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७ सय ८० संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४ सय ४२ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २ सय ४६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय ५७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ जना रहेको छ ।