• बुधबार, साउन २० २०८३

पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ


आइतबार, पुष २६ २०७७
880
Shares

काठमाडौं । पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने ५७ वर्षीय पुर्ण बहादुर थापा छन् ।

थापाले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले बताए ।

बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार