• बुधबार, साउन २० २०८३

ह्वत्तै घट्यो सुनको मूल्य, तोलामा कति ?


आइतबार, पुष २६ २०७७
1.1K
Shares


काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वत्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वत्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार