• बुधबार, साउन २० २०८३

तस्कर र प्रहरीबीच गोली हानाहान, बन्दुकसहित एक पक्राउ


आइतबार, पुष २६ २०७७
780
Shares


काठमाडौं । गाँजा तस्करको समूह र प्रहरीबीच बारामा गोली हानाहान भएको छ ।

गएराति इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो ।

प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जवनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् ।

प्रहरीले घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाउने प्रहरीको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार