काठमाडौं । सडक मिचेर निर्माण गरिएका घरहरुमा आइतबार बिहानदेखि डोजर चलाएर भत्काउन शुरु गरिएको छ ।सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न अदालतले दिएको आदेशसमेत अटेर गरेपछि डोजर चलाउनु परेको हो ।
सिद्धार्थ राजमाग अन्तरगत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन थालेको हो ।
लामो समय अदालती प्रकृयाले रोकिएको सडकको विस्तार कार्यलाई हालै अदालतलको निर्णय आएपछि आज बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।
पटक–पटक अदालतको आदेशले रोकिदै आएको सो सडकको विस्तारविरुद्ध नारायणीदेवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यसअघि गत ९ असारमा दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्ल र डा.मनोज कुमार शर्माको संयुक्त ईजलासले सो आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको आदेशसँगै बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा भित्रका घरटहरा तथा त्यहाँ बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम सडक कार्यलयले जनाएको छ ।