• मंगलबार, साउन १२ २०८३

शुक्रबार थपिए ५५४ कोरोना संक्रमित, मृतकको संख्या १९ सय नाघ्यो


शुक्रबार, पुष २४ २०७७
710
Shares


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १ सय ५९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ५ सय ८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५ सय ६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ३८ रहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ को मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार