काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहाल र गायक मनमोहन थपलियाको युगल स्वर रहेको गीत ‘तिम्रो साथले’ सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र राशि सुवेदीको रोमान्स देख्न सकिन्छ ।
गायक थपलियाकै संगीत रहेको गीतमा मदन लम्सालको शब्द छ । गीतको संगीत संयोजन किरण कडेलले गरेका हुन् ।
बविता पोखरेलको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन, बिकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।