गोरखा । गोरखाको बारपाक सुलिकोट गाँउपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य विमा गराउन सुरु गरेको छ ।
जाँगिर खाइरहेका र पेन्सन बुझदै आएका बाहेक पालिका भित्र रहेका बराम समुदायका सबैको निःशुल्क स्वास्थ्य विमा गराउन सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
संघीय सरकारबाट बराम समुदायको सशत्तिकरण सम्बन्धी कार्यक्रमका लागी प्राप्त अनुदान रकम निःशुल्क विमामा खर्च गरिएको भण्डारीले बताएका छन् ।
सरकारबाट प्राप्त एक करोड रुपैयाँ अनुदान मध्ये स्वास्थ्य विमा र पोषण सहयोग कार्यक्रमका लागी ३८ लाख छुट्याएको छ ।
प्राप्त अनुदान मध्येकै ४० लाख बाख्रापालनमा, ७ लाख कुखुरापालनमा, १० लाख तरकारी तथा फलफुल खेतीमा र बाँकी ५ लाख सिप विकासका तालिममा खर्च गर्ने गरी कार्य योजना बनाएको भण्डारीले जानकारी दिए ।