• बुधबार, साउन २० २०८३

गोरखामा विद्युत सर्ट भएर आगलागी हुँदा तीन लाखको क्षती


शुक्रबार, पुष २४ २०७७
625
Shares

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।

बिहीवार दिउँसो बिद्युत सट भएर माँझगाउँको स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट श्रेष्ठको घरको एउटा कोठाको पलङ, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिव तीन लाख रकम बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

आगलागीबाट कुनै मानविय क्षती भने नभएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार