काठमाडौँ — पछिल्लो २४ घण्टामा मुलुकभर ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार देशभर ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १ सय ८२ महिला र २ सय ३० पुरुष रहेका छन् ।
२४ घण्टामा ५ हजार १ सय ३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३ सय ४२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ४ सय ८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ ।