काठमाडौं । जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका_९, गरालेमा भेरी नदीमा खसेको छ ।
बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।
उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।