• बुधबार, साउन २० २०८३

घुस लिएको आरोपमा इन्सपेक्टर निलम्बित


बिहिबार, पुष २३ २०७७
570
Shares

काठमाडौं । घुस लिएको आरोपमा इन्सपेक्टरलाई निलम्बन गरिएको छ । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।

सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।

डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार